मनाङमा यार्सागुम्बु संकलन शुरु


मनाङ÷ हिमाली जिल्ला मनाङमा यार्चागुन्बु संकलन शुरु भएको छ । गोरखा, लमजुङ, धादिङलगायत जिल्लाका मानिस उच्च हिमाली भेग मनाङमा पुगेका छन् । वर्षेनी मनाङमा ३ देखि ४ सय किलोसम्म संकलन हुँदै आएको यार्चागुन्बुबाट झण्डै १ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।
वर्षेनी १ अर्ब बराबरको यार्चागुन्बु संकलन हँुदै आएको मनाङमा जिविस मनाङले केही वर्ष अघिदेखि निकासी कर संकलन गर्दैै आएको जिल्ला समन्वय समितिले जनाएको छ । विगत केही वर्षदेखि निकासी कर उठाउन सुरु भएको यसले हरेक वर्ष निरन्तरता पाइरहेको समन्वय समितिले जनाएको छ ।
अहिले मनाङमा प्रतिकेजी २५ लाखको दरले यार्चागुन्बु किनबेच हुने गरेको छ । यार्चागुन्बु संकलन कर्ताले ठेकेदारलाई कम मूल्यमा बिक्री गरे पनि ठेकेदारले भने बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । यथार्थ मूल्य नहुँदा यसको तस्करी भने बढदै गएको छ ।
मनाङमा २ वर्षदेखि यार्चागुन्बुको निकासी करवापत व्यापारीले प्रतिकिलो १० हजार रुपैयाँ सरकारी कोषमा दाखिला गर्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा जिल्ला विकास समितिको आन्तरिक कोषमा जम्मा हुने गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी) मनाङ र जिल्ला विकास समिति मनाङले यार्चागुन्बुको राजस्व उठाउँदै आएका थिए ।
कुल ४ गाउँपालिका रहेको मनाङको नेस्याङ गाउँपालिकाको थोंचे र धारापानीबाहेक अन्य स्थानमा यार्चागुन्बु पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार