आरोहणका लागि राखिएका भर्याङहरु निकालिए ।

टुरिजमन्युज, १९ जेठ । स्प्रिङ सिजनका लागी आरोहण सकिएकाले सगरमाथा आरोहणका लागि बाटो बनाउन प्रयोग गरिएका सामानहरु निकालिएको छ । विशेष गरि बाटो बनाउदा प्रयोग गरिएका भर्याङहरु निकालिन्छ ।

सगरमाथा प्रदुषण नियन्त्रण समिती एसपीसीसीका हिउमा काम गर्ने दक्ष कामदार( आर्इसफल डाक्टर) हरुले बाटो बनाउन प्रयोग गरिएका सम्पुर्ण भर्याङहरु निकालेका हुन । यस पटक बाटो खुलाउन मात्र २५ बटा भर्याङहरु राखिएका थिए । आबश्यकत्ता अनुसार थप भर्याङहरु प्रयोग भएको एसपीसीसीका आर्इसफल डाक्टर संयोजक कामे शेर्पाले जानकारी दिनुभयो ।

हरेक पटक आरोहण सकिएपछि त्यहा प्रयोग गरिएका भर्याङहरु निकालिन्छ । यो पटक ८ सदस्यीय आर्इसफल डाक्टरहरुले अप्रिल ३ तारिखमा सगरमाथाको क्याम्प २ सम्मको बाटो खुलाएका थिए । ल्होत्से र नुप्से हिमाल आरोहणका लागि समेत क्याम्प २ सम्मको एउटै बाटो प्रयोग गरिन्छ । त्यसभन्दा माथि आरोहीहरु संयमले बाटो खुलाउने गरेका छन ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार