भारतविरुद्ध हुने मैन्त्रीपूर्ण खेलका लागि नेपालको अन्तिम टोलीको नाम घोषणा

आगामी जेठ २३ गते हुने भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि लागि नेपालको अन्तिम टोलीको नाम घोषणा गरिएको छ । जापानिज प्रशिक्षक ग्योतोकु कोजीले अन्तिम २० खेलाडीको नाम घोषणा गरेका हुन् ।
फिलिपिन्स विरुद्ध एसियन कपको छनोट चरण अन्तर्गतको पहिलो खेलमा रहेका ५ खेलाडी हालको टोलीमा छैनन्। प्रशिक्षक कोजीले फरवार्ड कर्ण लिम्बु, प्रतिबन्धित मिडफिल्डर बिक्रम लामा र चोटका कारण विश्राममा रहेका रन्जन बिष्ट, रबिन श्रेष्ठ र रंजित धिमालको स्थानमा ४ नयाँ खेलाडीलाई स्थान दिएका छन्। डिफेन्डर बिमल बस्नेत र मिडफिल्डर हेमन्त थापा मगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका छन्। पछिल्लो खेल चोटका कारण गुमाएका  डिफेन्डर देवेन्द्र तामाङ, फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सुमन लामाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।
टोलीको मुख्य प्रशिक्षक ग्योतोकु कोजी रहेका छन् भने राजु काजी शाक्यले सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन्। गोलरक्षक प्रशिक्षकमा उज्ज्वल मानन्धर रहेका छन्।
भारतविरुद्धको खेलमा छनोट भएका २० खेलाडीः
गोलरक्षकः
१)किरण कुमार लिम्बु
२)बिकेश कुथु
३)बिशाल श्रेष्ठ
डिफेन्डरः
४) बिराज महर्जन
५) अनन्त तामाङ
६) आदित्य चौधरी
७) कमल श्रेष्ठ
८) देबेन्द्र तामाङ
९) जितेन्द्र कार्की
१०) बिमल बस्नेत

मिडफिल्डरः
११) रोहित चन्द
१२) बिशाल राई
१३) हेमन गुरुङ
१४) अञ्जन बिष्ट
१५) सुजल श्रेष्ठ
१६) सुमन लामा
१७) हेमन्त थापा मगर
फरर्वाडः
१८) भरत खवास
१९) नवयुग श्रेष्ठ
२०) बिमल घर्ति मगर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार