आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान


सोलुखुम्बु÷ हिमाल आरोहण गर्न गएका आरोही फर्केपछि यतिबेला सगरमाथा आधारशिविर सुनसान भएको छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान भएको हो ।
आरोहणको मुख्य मौसम चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् ।
यतिबेला सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर संकलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिनुभयो ।
वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ ९मे २९० भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ । धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए ।
‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने, त्यतीवेला त्यहाँ बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले भन्नुभयो ।
आधारशिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधारशिविर पूर्णरुपमा सुनसानमा परिणत हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार