रियललाई च्याम्पिय लिगको उपाधि

Britain Soccer Football – Juventus v Real Madrid – UEFA Champions League Final – The National Stadium of Wales, Cardiff – June 3, 2017 Real Madrid’s Sergio Ramos celebrates with the trophy after winning the UEFA Champions League Final Reuters / Carl Recine Livepic – RTX38V5W

एजेन्सी÷ युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको फाइनल खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले हराउँदै रियलले च्याम्पियन्स लिग उपाधि जितेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे भने क्यासेमिरो र एसेन्सियोको नाममा १र१ गोल रह्यो ।
क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको २० औं मिनेटमा पहिलो गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । तर, २७औं मिनेटमा मान्जुकीचले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए ।
दोश्रो हाफको ६१ औं मिनेटमा क्यासेमिरोको गोलमा रियलले अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि नै रोनाल्डोले अर्को गोल थप्दै रियललाई जितको हकदार बनाएका थिए । लुका मोड्रिचको क्रसलाई रोनाल्डोले गोलमा परिणत गरेका थिए । दबाबमा रहेको युभेन्ट्सले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो । रियलका कप्तान सर्जियो रामोसलाई धक्का दिएपछि कुआर्डाडो दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
एक खेलाडी कम भएपछि युभेन्ट्सले अर्को गोलको सामना गर्नुपरेको थियो । अन्तिम मिनेटमा मार्सेलोको क्रसमा मार्को एसेन्सियोले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै म्याड्रिडको उपाधि पक्का गरेका थिए ।
यससँगै रियल म्याड्रिड प्रतियोगिताको इतिहासमा उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। गत सिजन पनि यसै उपाधि जितेको रियलको यो समग्रमा १२औं च्याम्पियन्स लिग उपाधि हो ।
सिजनको तेश्रो उपाधि जित्ने सुरमा रहेको युभेन्टसले भने उपविजेताको रुपमै चित्त बुझाउनु परेको छ। घरेलु लिग र कप प्रतियोगिताको उपाधि जितिसकेको युभेन्टसले पछिल्लो पटक सन् १९९६मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार