लण्डनमा भएको आक्रमणपछि ४८ व्यक्ति अस्पतालमा भर्ना


एजेन्सी÷ मध्य लण्डनमा शनिबार राती भएको दुई वटा आतङ्ककारी आक्रमणमा परी घाइते भएका ४८ लाई उपचारार्थ अस्पताल भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
आक्रमणमा परी छ जनाले ज्यान गुमाएका छन् । यस आक्रमणबाट घाइते भएका ४८ व्यक्तिलाई लण्डनका पाँच वटा अस्पतालका भर्ना गरिएको लण्डन एम्बुलेन्स सेवाले जानकारी दिएको हो ।
शनिबार राती भएको यस आक्रमणबाट सामान्य घाइते भएका केही व्यक्तिलाई भने उपचारपछि घर फर्काइएको छ ।
लण्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा सदिग्ध आतंककारीले जथाभाबी रुपमा छुरा प्रहार गरेको यस दुई वटा घटनामा परी मारिनेको संख्या ६ पुगेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
यस घटनामा संलग्न भएका ३ जना संदिग्ध हमलाकारीहरु प्रहरी हानेको गोलीबाट मारिएका छन् ।
यसअघि नै बेलायती प्रधानमन्त्री थेरेसा मेले यस घटनालाई सम्भावित आतंककारी घटना भन्नु भएको थियो ।
गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे म्यान्चेस्टर संगितस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको सार्थै दर्जनौ. व्यक्ति घाइते भएका घटनाको दुई हप्ता वित्न नपाउँदै पुनः यो आक्रमण भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार