सगरमाथा क्षेत्रमा चुनावी सरगर्मी बढ्यो ।

पर्यटकीय सिजनको चाप घट्दै गएपछि सगरमाथा क्षेत्रमा चुनावी चहलपहल बाक्लिएको छ । पर्यटन पेशासग जोडिएका त्यस क्षेत्रका युवाहरु आफ्नो काम सकेर गाउमा फर्किन थालेपछि चुनावी चहलपहल बाक्लिदै गएको हो । पर्यटकको चापले निकै खचाखच बनेको खुम्बु क्षेत्र सिजन सकिन लाग्दा समेत यस्तै देखिन्छ ।

यतिबेला खुम्बुमा आरोहण सकेर फर्कनेको ताँती एकातिर छ भने अर्कोतिर चुनावी कार्यक्रम लिएर त्यहा पुग्नेहरुको भिड । नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा र नया शत्ति नेपालका कार्यकर्ताहरु चुनावी कार्यक्रम लिएर खुम्बु क्षेत्र घुमिरहेका छन । आफ्नो पक्षमा बलियो मत जुटाउन घरदैलों कार्यक्रम र विपक्षि पार्टीका कार्यकर्ताहरुलार्इ आफ्नो पक्षमा ल्याउन नेताहरु हरसम्भव प्रयासहरु गरिरहेका छन ।

सिजन सकिएपछि खुम्बु क्षेत्र प्राय: सुनसान जस्तै हुन्छ । होटलहरु सहयोगीका भरमा छाडेर व्यबसायीहरु अक्टोबर सिजनको तयारीका लागी जुट्छन् । जसका कारण त्यहाका केही होटलहरु २/३ महिना बन्द नै हुन्छ । तर यो पटक स्थानिय तहको चुनावका कारण चहलपहल नघट्ने देखिएको छ ।

खुम्बुपासङल्हमु गाउपालिकामा पर्यटन ब्यवसायीहरु नै चुनावी मैदानमा ।

स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले पाका व्यत्तिलार्इ अघि सारेका छन । खुम्बुको पर्यटन क्षेत्रमा योगदान गरेका र सामाजिक रुपमा समेत परिचित स्थानिय चुङवा शेर्पालार्इ काग्रेसले गाउपालिका अध्यक्षको रुपमा टिकट पाएका छन् । सगरमाथा क्षेत्रको विकासका लागी जस्तोसुकै प्रयासहरु गर्ने भन्दै उनीहरु अहिले भोट माग्न व्यस्त छन ।

 

यस्तै नेकपा एमालेले युवा नेतालार्इ अघि सारेका छन । सगरमाथा राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र व्यबस्थापन समितीमा लामो समयसम्म रहेर सेवा गर्नुभएका तथा सगरमाथा प्रदुषण नियन्त्रण समिती एसपीसीसी र स्थानिय सघसंस्थामा आबद्ध भर्इ सगरमाथा क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान गर्नुभएका निम दोर्जी शेर्पालार्इ एमालेले जित सुनिश्चित गर्दै गाउपालिका अध्यक्षमा उम्मेद्धार बनाएको छ ।

माओबादी केन्द्रले आधिकारीक रुपमा उम्मेद्धारको नाम सार्वजानिक नगरेता पनि मोटामोटी रुपमा युवा नेता नै अघि सार्ने संकेत देखिएको छ । केन्द्रले खुम्बु पासाङल्हमु गाउपालिकामा युवा नेता नाम्गेल शेर्पालार्इ उम्मेद्धार बनाउने संकेत देखिएको हो । हाईअल्टिच्यट क्षेत्रमा फुटबल मैदान निर्माण गरी खेलकुदको माध्यमबाट युवाहरुलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने भन्दै युवाहरुको माझमा निकै लोकप्रिय बनेका नाम्गेल पर्यटक भरियाहरुको समस्यासग पनि नजिक रहेको बताईन्छ ।

यसरी कुनै न कुनै रुपमा पर्यटन पेशासग जोडिएका लुक्लाका व्यबसायीहरु चुनावी दौडमा रहेका छन । चाखलाग्दो कुरा त के छ भने यी तिनै जना उम्मेद्धार लुक्लाका व्यबसायीहरु हुन । सगरमाथा क्षेत्रमा अझ बलिया र नाम चलेका व्यत्तिहरु हुदाहुदै पनि मुख्य तीन दलले लुक्लाका स्थानियहरुलाई नै चुनावमा अघि सारेका छन ।

मुख्य तीन दल बाहेक अन्य दलहरुका उम्मेद्धारको चर्चा खुम्बु क्षेत्रमा खासै भेटिनन् । उम्मेद्धारहरु जतमतको जोडघटाउ गरी आ-आफ्नै जित सुनिश्चित भईसकेको बताउछन् ।

चुनावी प्रचार शैली ।

खुम्बुपासाङल्हमु गाउपालिकामा प्राय सवै दलले चुनाव प्रचारको एकै शैली अपनाएका छन । नेपाली काग्रेस, नेकपा एमाले र माओबादी केन्द्रले चुनाव प्रचारका लागी आफ्ना कार्यकर्ताहरुलार्इ चुनाव चिन्ह अंकित टोपी र टि-सर्टहरु वितरण गरेका छन ।

पर्चापम्प्लेट र झण्डाहरु पर्याप्त मात्रामा प्रचारका लागी प्रयोग गरिएको देखिन्छ । आफ्ना पक्षमा जित सुनिश्चित गर्न दलहरुले प्रचारका लागी सकेसम्म सवै उपायहरु अपनार्इएको पार्इन्छ । पर्यटकीय क्षेत्र भएकाले आर्थिक रुपमा सक्षम र सवल देखिएकाले प्रचार शैली खर्चिलो बनार्इएको धेरैले आकंलन गरेका छन ।

मतदान केन्द्र र मतदाताको अबस्था

जिल्ला निबार्चन कार्यालय सोलुखुम्बुले ७ बटा स्थानिय तहहरुमा सम्पुर्ण निर्वाचन सामाग्री पठार्इसकेको जनाएको छ । खुम्बुपासाङल्हमु बाहेक अन्य स्थानिय तहमा सवारी साधन मार्फत निर्वाचन सामाग्री पठार्इएको जिल्ला निर्बाचन कार्यालयका सुचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो । खुम्बुपासाङल्हमु गाउपालिकामा भने हेलिकप्टर मार्फत पठार्इएको छ ।

४ हजार ४ सय ४९ जना मतदाता रहेको खुम्बु पासाङल्हमु गाउपालिकामा १० बटा मतदान स्थलहरु रहेका छन । जसमध्ये खरिखोला मावि जुभिङमा ७ सय ४८ मतदाताले मतदान गर्ने छन भने बुप्सा प्राविमा ४ सय ५ जना, लुक्ला निमावि लुक्लामा ६ सय २३, जनसेवा आधारभुत विद्यालय सानोगुमेलामा ५ सय ५२, महेन्द्रज्योती माविमा २ सय ७८, खुम्जुङ मावि खुम्जुङमा ५ सय ७० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्लेरीको तथ्यांकमा उल्लेख छ ।

यस्तै बौद्ध विद्यापीठ आधारभुत विद्यालय खुम्जुङमा ४ सय ९६, थामे माध्यमिक विद्यालय थामेमा ३ सय १, नाम्चे आधारभुत विद्यालय ठमोमा २ सय ११ र हिमालय आधारभुत विद्यालय नाम्चेमा २ सय ६५ जना मतदाता रहेका छन । जिल्लाको स्थानिय तहहरु मध्ये सवैभन्दा कम मतदाता रहेको स्थानिय तहमध्ये यो दोश्रो नम्बरमा रहेको सुचना अधिकारी दाहालले बताउनुभयो ।

लिखुपिके गाउपालिकामा सवै भन्दा कम ४ हजार १ सय २२ जना मात्र मतदाता रहेको छ ।

जनताको प्रतिवद्धता ।

गाउका समस्याहरु समाधान गरिदिने आश्वासन बाँड्दै नेताहरु भोट माग्न आए साविकको खुम्जङ गाविसकी फुर्किनी शेर्पाले भन्नुभयो । पहिले पहिले पानीको धेरै समस्या थियो, त्यो बेला पानीको समस्या छ कि छैन भनेर सोध्न कोही आएनन्, । अहिले चुनाव भएर होला गाउमा नानाथरीको सुविधा ल्याउछु भन्दै नेताहरु आउछन् ।

“जसले बुढाबुढीहरुलार्इ हेर्छ म उसैले भोट दिन्छु बहाले भन्नुभयो ।῎ बहा जस्तै धेरै जना गाउमा किन यसरी धेरै मान्छे आए भनेर झस्किनुहुन्छ । चुनावको बारेमा थाहा नभएकाले यसरी झस्किएका त्यहाका अगुवा पासाङ रिन्जी शेर्पाले भन्नुभयो ।

नेताहरु अहिले लबुंचे, दिम्बुचे हुदै ठमो, थामे लगायतका टाढाका बस्तीहरुमा पुगेर चुनावी प्रचार र मत माग्ने काम गरिरहेका छन । युवाहरु गाउ फर्किएपछि चुनावी कार्यक्रमहरु गर्न सजिलो भएको नेकपा एमाले खुम्बु पासाङ ल्हमु गाउपालिकाका उम्मेद्धार निमदोर्जी शेर्पाले भन्नुभयो ।

सगरमाथा क्षेत्रमा भने चुनावको मिति झन्-झन पर सरेकाले फाईदा पुगेको आंकलन गरिएको छ । काम सकेर गाउ फर्किदा चुनावमा समेत भाग लिन सजिलो भएको त्यहाका युवाहरु बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार