बागलुङ जिल्ला लिग फुटबल एक दिन सर्योे

बागलुङ जिल्ला लिग फुटबल प्रतियोगिता एक दिन पछि सरेको छ । प्राविधिक कारणवश एक दिन पछिबाट सुरु गर्नु पर्ने भएको प्रतियोगिताका संयोजक टकबहादुर बोहोराले बताउनुभयो ।
सोमबारदेखि नै खेल गर्ने भनेपनि  प्रतियोगितामा सहभागि हुने टिमहरुले सम्पूर्ण खेलाडीहरुको नामावली उपलब्ध नगउँदा खेल सरेको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा सहभागि हुने टिमहरुको नामावली सोमबार नै प्राप्त हुने र बेलुका सम्म खेलको टाईसेट प्रकाशित गरि मंगलबारदेखि खेल संचालन गरिने जिल्ला फुटबल संघ बागलुङका महासचिव जय राजभण्डारीले जानकारी दिनुभयो ।
लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।
लिगमा सहभागि हुने टिमले ४ जना जिल्ला बाहिरका खेलाडी राख्न पाउने प्रावधान छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार