होमस्टे सञ्चालन गर्न सहरबाट गाउँ फर्किदै

लमजुङ÷ पर्यटक आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ती सहरबाट गाउँ फर्कनेको संख्या बढ्दै गएको छ । गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले बँेसीसहर छोडेर गाउँ फर्किएको सिउरुङकी मिश्रिमाया घलेले बताउनुभयो । होमस्टे (घरबास) सञ्चालन गर्न गाउँ आएको उहाँको भनाइ छ ।
सहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । सहरमा आम्दानी भन्दा खर्च बढी हुने भएकाले बचत गर्नै नसकिने तर तर गाउँमा आम्दानीसँगै अन्य घरायसी काम पनि गर्न पाइन्छ, त्यसैले हामी गाउँमै फर्किएको घलेले बताउनुभयो ।
गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिनका लागि यहाँका १५ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण भइसकेको छ । घरबास सञ्चालनका लागि गाउँ फर्किएका अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागतसत्कारमा व्यस्त हुनेगरेका छन् । तीमध्ये कतिपयले घरबासको मापदण्ड बमोजिमका संरचना निर्माण गर्न थालेका छन् ।
अहिले सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा पर्यटक आउन थालेको सिउरुङ पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताउनुभयो । गाउँमा एकसाथ ८० जनासम्म पाहुनालाई राख्न सकिने उहाँको भनाइ छ ।
सदरमुकाम बँेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ । बँेसीसहरदेखि करिब दुई घन्टाको गाडीको यात्रापछि सिउरुङ पुग्न सकिन्छ । सिउरुङबाट थुर्जु–दुधपोखरी हँुदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुन भञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । ती पदमार्ग मार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार