संरक्षण निबन्ध प्रतियोगितामा रिमाल विजयी

रसुवा÷ विद्यालयस्तरदेखि जैविक विविधता संरक्षणमा चेतना फैलाउने उद्देश्यले मंगलबार पहिलो पटक ‘संरक्षण निबन्ध प्रतियोगिता’ सम्पन्न भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका सिनियर गेमस्काउट केशवराज भेटवालका अनुसार निकुञ्ज क्षेत्रको वन, वनस्पति वन्यजन्तुलगायत समग्र जैविक विविधताको संरक्षणमा सानो उमेरदेखि नै चेतना फैलाउने उद्देश्यले रसुवा माविका छात्रछात्रामाझ ‘नेपालमा वन्यजन्तु संरक्षणका लागि संरक्षण शिक्षा आजको अपरिहार्य आवश्यकता’ विषयको निबन्ध प्रतियोगिता सम्पन्न गरिएको हो ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जबाट आयोजित उक्त निबन्ध प्रतियोगितामा कक्षा ८, ९ र १० का प्रतिस्पर्धी ४५ छात्रछात्रामध्ये प्रथम हुने अविप रिमाल, द्वितीय सुष्मा तामाङ र तृतीय सुकुमाया तामाङलाई प्रअ तेम्पा रिसाङ घलेलगायतले प्रमाणपत्रसँगै शब्दकोश, नोटकपी, कलम, कापी, सामान्य ज्ञानलगायत सामग्री वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी अन्य पाँच जनालाई उत्कृष्ट र दुई जनालाई सान्त्वना पुरस्कारसमेत वितरण गरिएको भेटवालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार