पश्चिमी मोसुलमा द्वन्द्वको मारमा एक लाख बालबालिका

एजेन्सी÷ इराकी सुरक्षाकर्मीद्वारा अतिवादी इस्लामिक स्टेट (आईएस) लडाकूविरुद्ध पश्चिमी मोसुलमा सशक्त पारेको सुरक्षा कारबाहीमा करिब एक लाख इराकी बालबालिकाको जीवनमा ठूलो खतरा रहेको इराकस्थित संयुक्त राष्ट्रसंघ बालबालिका कोष (युनिसेफ) ले जनाएको छ ।
अन्दाजी करिब एक लाख बालबालिका अति नै खतरापूर्ण अवस्थामा मोसुलमा रहेको युनिसेफले जनाएको । केहीक्ष् दुई पक्षबीचको दोहारो भीडन्तमा परेका छन् । कतिपय स्वास्थ्य सेवा तथा अस्पतालहरुमा समेत आक्रमण भइरहेको युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
बालबालिकाको जीवन खतराको घेरामा छ वा बालबालिका मारिएका छन्, घाइते भएका छन् र मानव ढालका रुपमा प्रयोग भएको युनिसेफले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार