भारतविरुद्ध नेपालको कप्तानी विराजले गर्ने

एजेन्सी÷ भारतविरुद्ध मंगलबार (आज) साँझ हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली टोलीको कप्तानी विराज महर्जनले गर्ने हुनभएको छ । पछिल्लो खेलमा कप्तानी गरेका भरत खवास सुरुवाती एघारमा परेका छैनन् ।
नियमित कप्तान अनिल गुरुङको अनुपस्थितिमा उपकप्तान विराज महर्जनले नेपालको कप्तानी सम्हाल्दै आएका छन् । तर, फिलिपिन्स विरुद्धको खेलमा विराज सुरुवाती एघारमा नपरेपछि भरत खवासले कप्तानको जिम्मेवारी सम्हालेका थिए ।
रविन श्रेष्ठ चोटका कारण विश्राममा बसेपछि विराजले भारतविरुद्ध लेफ्ट ब्याकको भूमिका निभाउने भएका हुन् । यससँगै टोलीको कप्तानी पनि विराजले नै गर्नुहुन्छ ।
नेपाल र भारतबिचको खेल साँझ ७ः१५ बजे मुम्बईस्थित अँधेरी स्पोर्टस कम्पलेक्सको रंगशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार