चिनियाँ राष्ट्रपति कजाकिस्तान भ्रमणमा

एजेन्सी÷ चिनियाँ राष्ट्रपति सि जिनपिङ बुधबार अपराह्न कजाकिस्तानको भ्रमणमा जानुभएको छ । कजाकिस्तानमा हुने ‘साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनमा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो ।
कजाकिस्तानका राष्ट्रपति नुरसुल्तान नजाबायेभको निमन्त्रणामा राष्ट्रपति सि कजाकिस्तान भ्रमणमा जानुभएको हो । उहाँ त्यहाँ रहँदा एससिओको १७औं बैठकमा समेत सहभागी हुनुहुनेछ । उहाँले त्यहाँ आयोजना हुने विश्व प्रदर्शनीको पनि उदेघाटन गर्नु्हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार