पाकिस्तानसंग हार्यो दक्षिण अफ्रिका


एजेन्सीः आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार राती भएको खेलमा पाकिस्तानले डकवर्थ लेविस पद्दतीका आधारमा दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको छ ।
पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय १९ रनको सामान्य योगफल खडा गरेको थियो। कप्तान एबी डे भिलियर्स करियरकै पहिलो गोल्डेन डकमा आउट भएको दक्षिण अफ्रिकी पारीलाई डेविड मिल्लरले सम्हालेका थिए । १०४ बल खेल्दै अविजित ७५ रन जोडेका मिल्लरले १ चौका र ३ छक्का प्रहार गरेका थिए। एक समय ११८र६ को स्थितिमा रहेको दक्षिण अफ्रिकालाई अन्तिम २ विकेटको साझेदारीले उकासेको थियो ।
मिल्लरले सातौं विकेटका लागि २८ रन जोडेका क्रिस मोरीससँग ४७ रन र आठौंका लागि २६ रन जोडेका कागिसो रबाडासँग ४८ रनको साझेदारी गरेका थिए। ओपनर क्विनटन डे ककले ३३, फाफ डु प्लेसिसले २६ तथा हसिम अमलाले १६ रन जोडेका थिए। पाकिस्तानका लागि म्यान अफ द म्याच बनेका हसन अलीले २४ रन खर्चेर ३ विकेट लिए । जुनेद खान र इमाद वसीमले पनि २र२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २७ ओभरमा ११९ र ३ को स्थितिमा खेलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। वर्षाका कारण बाँकी खेल सम्भव नभएपछि पाकिस्तान डिरएल पद्दतीका अनुसार विजयी भएको थियो। पाकिस्तानका लागि फखार जमानले ३३ रन तथा मोहमद हफिजले २६ रन जोडे । बाबर आजम ३३ र सोएब मलिक १६ रनमा अविजित रहे। दक्षिण अफ्रिकाको लागि तीन विकेटनै मोर्ने मोर्केलले लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार