सिन्धुलीमा टाटासुमो दुर्घटना, चालकको मृत्यु सात यात्री घाइते ।

काठमाडौंबाट दोलखा जाँदै गरेको ना१ज ४९३५ नम्बरको टाटासुमो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटको भालुखोला पुलबाट खस्दा सवारीचालक रामहरि दासको घटनास्थमै मृत्यु भएको छ ।

जिपमा सवार अरु सातजना यात्री घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

डाइभर्सन सडकका कारण लामो समयसम्म जाममा परेका सवारी खुलेपछि तीव्रगतिमा कुदाउँदा जिप दुर्घटना भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार