नेपाल खेल सुधार गर्ने तयारीमा

काठमाडौँ , नेपालका कप्तान बिराज महर्जनले भोलि हुने यमनविरुद्धको खेलमा नेपाली टोलीले डिफेन्सलाई सुधार्दै राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताउनुभएको छ ।
एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले यमनको सामना गर्दैछ । भारतविरुद्ध मैत्रीपूर्ण खेलमा डिफेन्सको गल्तिका कारण पराजित भएको र त्यसबाहेक पनि नेपालले पछिल्ला खेलहरुमा डिफेन्समै गल्ति गरेका कारण खेलमा पछि पारेको कप्तान बिराजले स्वीकार्नुभयो ।
आफुहरुले प्रशिक्षकको रणनीति अनुसार खेल्न नसकिरहेको र डिफेन्समा केहि कमजोरी भएर फरवार्डमा तालमेल नमिलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘भोलिको खेलमा भने हामीले क्लिन सिट राख्ने लक्ष्य लिएर उत्रनेछौँ ।”
“हामीले घरेलु मैदानमा हार व्यहोर्नु धेरै ठुलो घाटा हुन्छ । त्यसले अवे खेलमा झनै गार्हो हुने हुनाले भोलिको खेलमा विशेष डिफेन्समा ध्यान दिने र सकेसम्म जित नत्र बराबरीमा खेल सक्ने योजना हुनेछ ।”
नेपाल र यमबिचको खेल दिनको ३ः०० बजे हल्चोक स्थित एपीएफ रंगशालामा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार