गोलभेँडामा किराको प्रकोप

नुवाकोटः गोलभँेडामा टुटाकिरा देखा परेको छ । नेपालमा पहिलो पटक गत वर्ष भित्रिएको टुटाकिराको प्रकोप यस वर्ष यहाँ देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले जानकारी दिनुभयो ।
टुटाकिराले गोलभेँडाको पात, डाँठ हँुदै फल नै खाएपछि देउराली, बुङताङ, किम्ताङलगायत स्थानका किसान मारमा परेका छन् । भारतबाट नेपाल भित्रिएको टुटाकिरा गत वर्ष काठमाडाँै उपत्यका र त्यस वरपरका जिल्ला देखापरेको थियो ।
दुई साताअघि देखा परेको किराले अहिले माहामारीको रुप लिएको छ । “नियन्त्रण गर्न किसानलाई तालिम तथा बास्नादार जाल वितरण गरेका छाँै,” गैरेले भन्नुभयो । गोलभँेडाको बोट नजिकै जाल थापिने गरिन्छ । विषादीको प्रयोगले फलमा असर गर्ने भएको किरालाई जालमा पारेर कम गराउने विधि परीक्षणको रुपमा अपनाएको गैरेको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार