एसियन कप छनोटमा नेपाललाई पहिलो अंक


काठमाडौंः एसियन कप छनोटमा नेपाले पहिलो अंक जोडेको छ । मंगलबार हलचोक स्थित  सशस्त्र प्रहरी बलको मैदानमा यमन विरुद्ध गोलरहित बराबरी गर्दै नेपालले एक अंकको खाताको खोलेको हो ।
नेपालले समूह ‘एफ’ को खेलमा यमनसँग अंक बाढेको हो । दुई खेलमा नेपालले जोडेको यो पहिलो अंक हो । २ खेलमा ४ अंक जोडेको यमन शीर्षस्थानमा छ ।
पहिलो हाफको २० मिनेटबाहेक खेलमा नेपालले खेल नियन्त्रणमा राखेको थियो । दोस्रो हाफमा गरि नेपालले झन्डै दर्जन आक्रमण गर्दा पनि गोल भने गर्न सकेन । दोस्रो हाफको सुरुआतबाटै नेपालले गोलको अवसर सृजना गरेको थियो । तर, सफलता हात लागेन ।
नेपाली टोलीबाट भरत र सुजल को उत्कृष्ट रहेको थियो बाँकी खेलाडीको प्रदर्शन औसत मात्र रहेको थियो ।
यमनले पनि चारवटा प्रहार गरेपनि नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले सफल हुन दिएनन् । पाँचौं मिनेटमा अहमिद नबिल हजाईले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार किरणले जोगाए । नेपालका लागि उत्कृस्ट प्रदर्शन गरेका गोलकिपर किरण चेम्जोङ ‘म्यान अफ द म्याच’ भए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार