कांग्रेस सोलुले उम्मेद्धार टुङो लगायो, कार्यकर्ता भने रुष्ट ।

टुरिजमन्युज ३१ जेठ । नेपाली कांग्रेस सोलुखुम्बुले स्थानिय तहको निर्वाचनका लागी उम्मेद्धारहरुको टुंगो लगाएसगै अधिकाशं कार्यकर्ताहरु रुष्ट बनेका छन । पुराना र पार्टीमा योगदान गरेका कार्यकर्ताहरुलाई भन्दा नया अनुहारहरुलाई प्राथमिकता दिएको भन्दै उनीहरुले सामाजिक सञ्जालहरु मार्फत रोस पोखेका हुन । केहीले मैदानमा उत्रिएर नै नेतृत्वको चर्को विरोध र आलोचना गरिरहेका छन । सोलुखुम्बुमा कांग्रेसको स्पष्टै दुई धार देखिन्छ । जसका कारण उम्मेद्धारको टुंङो लगाउन समेत कांग्रेसलाई निकै सकस परेको थियो । विवादै विवादका विच कांग्रेस जेठ ३० गते उम्मेद्धारको नाम सार्वजानिक गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिकाको मेयर पदका लागी नाम्गेल जाङबु शेर्पालाई उम्मेद्धार बनाएको छ भने उपप्रमुखमा छिण्डी ल्हमु शेर्पा उम्मेद्धार बनेको छ । महाकुलुङ गाउँपालिकामा भलाकाजी कुलुङ सोताङ गाउँपालिकामा खिलाराज बस्नेत दुधकोशी गाउँपालिकामा भोजराज कार्की, दुधकौशिका गाउँपालिकामा हुत्तराज बस्नेत प्रमुख नेचा सल्यान गाउँपालिकामा धनजन राई, लिखुपिके गाउँपालिकामा रामबहादुर बस्नेत र खुम्बु पासाङल्हमु गाउँपालिकामा चुङबा शेर्पालाई प्रमुखको उम्मेदवार बनाएको कांग्रेस सोलुखुम्बु सभापति बिनोद बस्नेतले जानकारी दिनुभयो ।

नेतृत्वले भने आफुहरुले समय र परिस्थिती सुहाउदो कार्यकर्ताहरु उम्मेद्धार बनेको दावी गरेका छन । ठुलो पार्टीमा यतिको विवाद सामान्य भएको पार्टी सभापति बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार