एआइआइबीमा तीन नयाँ सदस्य थप

एजेन्सी÷ चीन सरकारको अगुवाईमा स्थापित एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकमा, एआइआइबीमा तीन नयाँ सदस्य थपिएका छन् ।
दक्षिण कोरियाको दक्षिणी भूमागमा रहेको एक रिसोर्टमा शुक्रबार सुरु भएको दोस्रो वार्षिक बैठकले यस बंैकका थप तीन सदस्यलाई अनुमोदन गरेको हो ।
अनुमोदन गरिएका तीन नयाँ सदस्यमा अर्जे्न्टिना, गणतन्त्र माडागास्कार र टोँगा अधिराज्य रहेका छन् । ती तीन सदस्यलाई शुक्रबारै नयाँ सदस्यका रुपमा बैठकले अनुमोदन गरेको हो ।
दोस्रो बार्षिक बैठकको बिजनेश सेसनमा शुक्रबार ती सदस्यहरु अनुमोदन भएको समाचारमा जनाइएको छ । बोर्ड अफ गभर्नसर्् यस बैंकको कार्यकारी निकाय हो ।
उक्त बैंकको बोर्ड अफ गभर्नर्स्को दोस्रो बैठक पहिलो पटक दक्षिण कोरियाले आयोजना गरेको हो । शुक्रबार बिहान सुरु भएको सो बैठकको उद्घाटन दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गर्नुभएको छ ।
सो बैठक शनिबारसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार