कन्फेडेरेसन कप शनिबारबाट सुरु हुँदै

एजेन्सीः फिफाले आयोजना गर्दै आएको फिफा कन्फेडेरेसन कप शनिबार (आज) बाट सुरु भएको छ । चार वर्षको अन्तरमा आयोजना हुने फिफा कन्फेडेरेसन कपमा ६ महादेशका च्याम्पियन टोलीसँगै विश्वकप विजेता र आयोजक टोलीसहित ८ टोलीको सहभागिता रहने छ । यस प्रतियोगितामा कुल १६ खेल खेलिनेछ ।
सहभागी ८ टोलीलाई २ समूहमा बिभाजन गरेर लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताको समूह ‘ए’मा आयोजक रसियासँगै मेक्सिको, पोर्चुगल र न्युजिल्याण्ड रहेका छन् भने समूह ‘बी’मा जर्मनी, चिली, क्यामरुन र अष्ट्रेलिया छन् । आज रातीको उद्घाटन खेलमा रसिया विरुद्ध न्यूजल्याण्डलले राती ८ः४५ मा हुनेछ । आईतबारको खेलमा पोर्चुगल विरुद्ध मेक्सिकोले ८ः४५ मा खेल्नेछ ।

शनिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले न्युजिल्याण्डको सामना गर्दैछ। समूहका शीर्ष २ स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। प्रतियोगितामा तेश्रो स्थानको खेल पनि हुनेछ ।
यस प्रतियोगितालाई विश्वकपको वार्म अप प्रतियोगिताको रुपमा हेरिंदै आएको छ । सन् २०१८ को फिफा विश्वकप आयोजना पनि रसियाले नै गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार