पाकिस्तानले उच्याल्यो च्याम्पियन्स ट्रफी


एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानले उचालेको छ । आईतबार राती भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी भारतलाई फाइनलमा १ सय ८० रनले पराजित गर्दै पाकिस्तानले प्रतियोगिताको उपाधि उचालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा चार विकेट गुमाउँदैं ३ सय ३८ रनको योगफल खडा ग¥यो । पाकिस्तानका लागि ओपनर फखर जमानले १ सय ६ बलमा १ सय १४ रन्को उत्कृष्ट पारी खेलेका थिए । उनलाई अर्का ओपनर अजहर अलिले ५९ रन जोड्दै साथ दिएका थिए । मध्यक्रममा मोहम्मद हफिजले अविजित ५७ रन जोडेपछि पाकिस्तानले बलियो स्कोर बनाएको थियो । बबर आजमले ४६ रन जोड्दा इमाद वासिमले अविजित २५ रन बनाए । भारतका लागि भुवनेश्वर कुमार, केदार जाधाव र हार्दिक पाण्ड्याले १– १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारत १ सय ५८ रनमा अलआउट भएको थियो। ३०.३ ओभर ब्याटिङ गरेको भारतको लागि हार्दिक पाण्ड्याले सर्वा्धिक ७६ रन जोडेका थिए। ओपनर रोहित शर्मा मोहमद अमिरको पहिलो ओभरमै शुन्यमा पेभेलियन फर्केसँगै भारतको पतन सुरु भएको थियो। कप्तान विराट कोहली ५ रनमा आउट हुँदा धोनीले ४ रनमात्र जोड्न सके। शिखर धवनले २१ रन र युवराज सिंहले २२ रन बनाएका थिए । पाकिस्तानका लागि मोहमद आमिर र हसन अलिले ३–३ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार