फुटबल खेललाई ६० मिनेटको बनाउने प्रस्ताव

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल महासंघ (आईफएएबी)को कानुन निर्माण बोर्डले ६० मिनेट समय फुटबल खेलका लागि पर्याप्त हुने भन्दै विश्व फुटबल महासंघ (फिफा)मा खेलको समय घटाउने प्रस्ताव पेस गरेको छ ।
फुटबलमा थ्रो इन, फ्रिकिक, कर्नर, गोलकिक सँगै खेलाडीहरु घाइतेहुँदाको समयलाई पनि खेल समयमै जोडिने गरिएको छ। बास्केटबल, हक्की जस्ता खेलमा भने यसरि खेल रोकिंदा समय पनि रोकिने गर्दछ। नयाँ प्रस्तावमा पनि खेल रोकिंदा समय रोक्ने र आधा घण्टाको २ हाफ गरेर ६० मिनेटको खेल खेलाइनु पर्ने उल्लेख गरिएको छ ।
‘६० मिनेट समयले फुटबलमा फैलिएको नकारात्मक कुरालाई धेरै हदसम्म समाधान गर्नेछ । ९० मिनेट समय धेरै हो । त्यसमाथि अतिरिक्त समय र पेनाल्टीमा समेत खेल जाने हुँदा यसले तनाव पनि उत्तिकै निम्त्याउने गरेको छ । यसको समाधान समयको कटौतीबाट मात्र हुनेछ’, आईएफएबीले भनेको छ । यो प्रस्तावले रेफ्रीको निर्णय क्षमतामा समेत राम्रो प्रभाव पर्ने दाबी गरिएको छ ।
आईएफएबीको यो प्रस्तावले फुटबल खेलमा फेयर प्लेको रणनीति अंगिकार गर्न, खेलाडीको बानी व्यहोरा सुधार गर्न, प्रदर्शन क्षमता बढाउन, खेलाडीको घाइते समस्या समाधान गर्न, रेफ्रीको सही निर्णयलगायतका विविध विषयमा राम्रो हुने उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार