साउदी राजाका छोरा युवराजाधिराज घोषित


एजेन्सीः साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गर्नुभएको छ ।
उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गर्नुभएको थियो । राजा सालमनले उहाँलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ ।
साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उदृत गर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।
युवराजाधिराजका साथै उहाँलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार