कोहलीसँग खटपट बढेपछि कुम्बलेद्वारा प्रशिक्षकबाट राजिनामा


एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले कप्तान विराट कोहलीसँग असमझदारी बढ्दै गएपछि राजिनामा दिएका छन् । भर्खरै सम्पन्न आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तैनसँग लज्जासप्द हार व्यहोर्नुलाई पनि एक कारणको रुपमा हेरिएको छ ।
कुम्बले र कोहलीबिच लामो समयदेखि मत भिन्नता रहँदै आएको भनिएपनि दुवैले त्यसको खण्डन गर्दै आएका थिए । तर कुम्बलेले आफ्नो राजिनामा दिंदै सबै बिर्सेर अगाडी बढ्नु उत्तम निर्णय हुने बताए । कोहलीले कुम्बलेको प्रशिक्षणमा केहि कमजोरी रहेको बताउँदै आएका थिए । त्यसै अनुरुप भारतीय क्रिकेट बोर्डले मे महिनामा नयाँ प्रशिक्षकको लागि खुला आवेदन दिएको थियो ।
कुम्बलेको प्रशिक्षण कालमा भारतले खेलेको १७ टेष्टमध्ये १२ जित, ४ बराबरी र १ हार व्यहोरेको थियो । उनले भारतलाई २ एकदिवसीय श्रृंखलामा पनि जित दिलाए । इङ्गल्याण्ड र न्युजिल्याण्डसँगको श्रृंखला सहजै भारतले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार