पाँच अर्ब ७८ करोड राजस्व संकलन


पोखराः आन्तरिक राजस्व कार्यालय पोखराले चालु आवको जेठ मसान्तसम्ममा रु पाँच अर्ब ७८ करोड २२ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा कार्यालयले आयकरतर्फ रु एक अर्ब ५९ करोड ८४ लाख ७१ हजार तथा स्वास्थ्य र अन्तःशुल्कतर्फ रु तीन अर्ब ६० लाख ७२ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकृत विजय लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु ८४ करोड ९३ लाख ९९ हजार, घर भाडा करतर्फ रु १२ करोड ८८ लाख १८ हजार, शिक्षालगायत अन्य करतर्फ राजस्व सङ्कलन गरिएको हो । गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा एक लाख १६ हजार ४४५ करदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार