दाङमा नौसय बढी महिला उम्मेदवार चुनावी मैदानमा

दाङः यही असार १४ गते हुने स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकामा एक सय ७३, लमही नगरपालिकामा एक सय दुईजना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण गाउँपालिकामा ५५, गढवा गाउँपालिकामा ९६, शान्ति नगर गाउँपालिकामा ५७ र बङ्गलाचुली गाउँपालिकामा ५९ गरी नौसय ५४ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

कुल उम्मेदवारमध्ये महिला उम्मेदवारको सङ्ख्या ४० प्रतिशत छ । यसरी चुनावी मैदानमा उत्रिएका महिलामध्ये नगरप्रमुख पदमा अत्यन्तै न्यून छ । घोराही उपमहानगरपालिकाको प्रमुखमा मोहन वैद्य समूहको नेकपा क्रान्तिकारी माओवादीले सुशीला आचार्य र नेकपा (माओवादी केन्द्र)ले लमही नगरपालिकाको प्रमुखमा द्रोपता पौडेललाई उम्मेदवार बनाएको छ भने अन्य दलले नगर क्षेत्रमा अधिकांश महिलालाई उपप्रमुख र गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएका छन् ।

प्रमुख दलहरूले उपमहानगरपालिकामा एक÷एक वटा वडामा मात्र वडाध्यक्षमा महिला उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार