दार्जिलिङका होटलहरू खाली, पर्यटक रित्तिए ।

टुरिजमन्युज, ०९ असार । जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङ घुम्न जाने पर्यटकको संख्या स्वात्तै घटेको छ । आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोट्याएर हिँडेका  होटल व्यवसायीहरुले बताएका छन ।

जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ पुगेका विदेशी एवम् भारतीय पर्यटकले दार्जिलिङ छोडेका हुन् । आन्दोलनमा आइतबार गोली नै चलेको र ३ जना आन्दोलनकारीको ज्यान गएको थियो।

दार्जिलिङ घुम्न जाने गरेका पर्यटक अहिले आएका छैनन् । उता यसअघि नै आन्दोलन र आम हड्तालकै कारण त्यहाँ रहेका भारतीय र बाह्य पर्यटक पनि भागेका थिए ।

हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ। सो आन्दोलन पछिल्लो समयमा हिंसात्मक बन्दै गएपछि स्थानीयहरुमा मात्र नभएर बाह्य पर्यटकमा पनि त्रास छाएको छ ।

दार्जिलिङका रिसोर्टमा बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याएर गएको छन्।

दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । होटल बुकिङ गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार