गोर्खाल्याण्डबारे गीत लेख्दै प्रशान्त तामाङ ।

कलाकार प्रशान्त तामाङले गोर्खाल्याण्डसम्बन्धी गीत लेख्ने र गाउने योजनामा आफू रहेको बताएका छन्। उनले गोर्खाल्याण्ड आन्दोलन नरोकिने पनि दाबी गरेका छन्।

सन् २००७ को इण्डियन आइडल विजेता तामाङले इण्डियन एक्सप्रेससँगको कुराकानीमा आफू गोर्खाल्याण्डबारे गीत लेख्ने र गाउने योजनामा रहेको बताएका हुन्।

‘म आज जे छु, त्यो पहाडका मानिसहरुका कारण नै भएको हुँ,’ उनले भनेका छन्, ‘त्यसैले गोर्खाल्याण्ड आन्दोलनलाई दह्रो समर्थन गर्छु।’

‘के दार्जिलिङ युद्धभूमि हो ? बोर्डर हो ? होइन भने सेना किन त्यहाँ खटाइएको ?’ उनले प्रश्न गरेका छन्, ‘गोर्खाल्याण्डका लागि आन्दोलन रोकिँदैन। तपाइँको आमालाई लाठीचार्ज भइरहँदा तपाइँ चुप लाग्न सक्नुहुन्छ ?’

हालै तामाङ आफ्नी आमा र पत्नीसहित दिल्ली बसाइँ सरेपनि तामाङको दिदीसहित अन्य नातेदार दार्जिलिङमै बस्छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार