यू–१९ राष्ट्रिय क्रिकेट टोली दिल्ली प्रस्थान

काठमाडौंः आगामी जुलाई महिनामा सिंगापुरमा हुने आइसीसी यू १९ विश्वकपको छनोट चरणको तयारीका लागि नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली आज दिल्ली प्रस्थान गरेको छ ।
४ टोलीको सहभगिता रहने उक्त प्रतियोगिता १६ देखि २५ जुलाईसम्म सिंगापुरमा खेलिनेछ। नेपालसँगै अफगानीस्तान. मलेसिया र आयोजक सिंगापुरले विश्वकपको १ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। डबल राउण्ड रोबिन लिगमा खेलिने उक्त प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली सन् २०१८को जनवरीमा न्युजिल्याण्डमा हुने विश्वकपको लागि छनोट हुनेछ ।
दिल्लीमा टोलीले केहि अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। आइसीसीले टोलीलाई त्यहाँ रहेर प्रशिक्षणको व्यवस्था मिलाएको हो।

केहि दिन अघि छनोट समितिले १८ सदस्यीय खेलाडीको नामावली घोषणा गरेको थियो। छनोट समितिमा आइसीसी एसियाका चिफ डेभेलप्मेन्ट अफिसर भेन्कटपति राजु, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र यू(१९ टोलीका मुख्य प्रशिक्षक बिनोद कुमार दास रहेका छन् ।
राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, लगायतका खेलाडी १८ सदस्यीय प्रारम्भिक टोलीमा अटाएका छन्। खेलाडीसँगै टोली व्यवस्थापक रमण शिवाकोटी, प्रशिक्षक बिनोद दास, सहायक प्रशिक्षक कलाम अलि र फिजियो दिनेश भट्ट रहेका छ ।
१८ सदस्यीय खेलाडीहरुः
१. सन्दिप लामिछाने
२. अनिल कुमार साह
३. किशोर महतो
४. सुशान्त सिंह थापा
५. विक्रम कुमार भुसाल
६. प्रकाश केसी
७. पवन शर्राफ
८. सन्दिप जोरा
९. रिजन ढकाल
१०. प्रनित थापा मगर
११. साहब आलम
१२. रसिद खान
१३. आशिफ शेख
१४. सन्दिप सुनार
१५. ललित नारायण राजबंशी
१६. रोहित कुमार पौडेल
१७. आदील खान
१८. दिपेन्द्र सिंह ऐरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार