मेक्सिकोको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल बनाएरै छाड्ने बताएका छन् । मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै संख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै ट्रम्पले अमेरिकाले मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने कुरा ट्वीटरमा व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुहुँदै आफ्नो ट्वीटर एकाउन्टमा लेख्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् ।
हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो ।
राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गर्नुभएको बताइएको छ । यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार