पहिरोको जोखिममा खानीडाँडा विमानस्थल ।

टुरिजमन्युज, १० असार ।  खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल भारी वर्षाका कारण माटो कटान हुँदा पहिरोको जोखिममा परेको छ । भलपानी बग्ने ‘ड्रेन’ थुनिएपछि रनवेमा जमेको पानी फुटेर बाहिरिँदा माटो कटान भएका कारण विमानस्थल पहिरोको जोखिममा परेको हो ।

विमानस्थलको रनवेमा भरिएर किनाराबाट निकास भएको भलपानीले विमानस्थलको १०/१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगेको छ ।

कटानका कारण विमानस्थलको रनवेभन्दा २/३ मिटरनजिकसम्मको भाग भासिएको छ ।

विमानस्थल पहिरोको कारण जोखिममा रहेका कारण तत्काल पुनःनिर्माण गरेर उडान सुचारु गर्ने तयारी गरिरहेको मनमाया राई खानीडाँडा विमानस्थलका सहायक आयोजना प्रमुख विष्णु पौडेलले जानकारी दिए ।

खोटाङमा रहेका तीनओटा विमानस्थलमध्ये दुईओटा सन्चालनमा छैनन् । साभार ईमेज खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार