फिफा वरियतामा नेपाली महिला फुटबल चार स्थान झर्यो


फिफा वरियतामा नेपाली राष्ट्रिय महिला टोली चार स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरियतामा नेपाल ९९ औं स्थानमा रहेको छ । गत महिना नेपाल ९५ औं स्थानमा थियो ।
गत महिना नेपाली टोली मलेसियासँग खेलेका दुई मैत्रीपूर्ण खेलमध्ये पहिलोमा १–१ को बराबरीमा रोकिएको थियो भने अर्को खेलमा ४–१ ले पराजित भएको थियो । तथापी, वरियतामा नेपाल दक्षिण एसियाली राष्ट्रमध्ये दोस्रो स्थानमा छ ।
चार स्थाननै घटुवा भएको भारत फिफा वरियताको ६० औं स्थानमा छ भने दक्षिण एसियामा शीर्षस्थानमा छ । दक्षिण एसियाका अन्य राष्ट्र मध्ये बंगलादेश १ सय १० औं, श्रीलंका १ सय ११ औं, माल्दिभ्स १ सय १३ औं र भुटान १ सय २० औं स्थानमा छ ।

फिफा वरियतामा ९२ औं स्थान नेपाली महिला टोलीको अहिले सम्मको उच्च वरियता हो । फिफाको वेभसाइटमा उल्लेख भएअनुसार फिफा वरियतामा अमेरिका शीर्षस्थानमा छ भने जर्मनी दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार