रञ्जना लिपिको प्रशिक्षण

भक्तपुरः मध्यपुरथिमिमा दुईमहिने नेपाल भाषा प्रचलित लिपि र रञ्जना लिपिको प्रशिक्षण सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ, मध्यपुरथिमि नगर समन्वय परिषद्ले लिपिको संरक्षणका लागि प्रशिक्षण सुरु गरेको हो ।

मध्यपुर नगरपालिकाको सहयोगमा थिमिको जनआदर्श क्याम्पस शङ्खधर चोकमा सुरु भएको प्रशिक्षण आगामी साउन महिनासम्म सञ्चालन हुने परिषद्का सदस्य प्रदीप जामनः श्रेष्ठले जानकारी दिनुभयो ।  परिषद्का अध्यक्ष हरिबहादुर श्रेष्ठले आदिवासी जनजातिका भाषाका लिपि राष्ट्रको सम्पत्ति भएकाले यसलाई राज्य र अन्य निकायले संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार