रितो ढ्वाङं लिएर फर्किए निर्वाचन कर्मचारी ।

टुरिजमन्युज, १४ असार । मतदानका लागी सवै तयारी पुरा गरेर बसेका निर्वाचन कर्मचारीहरु एकै जना मतदाताहरु मतदानमा सहभागी नभएपछि रितो ढ्वाङ लिएर फर्किएका छन ।

सोलुखुम्बु तिङलाका बासिन्दाहरुले स्थानिय निकाय पुर्नसंरचनाका विषयमा असन्तुष्टि जनाउदै चुनावमा भाग नलिएपछि रितो ढ्वाङ लिएर फर्कनु परेको सिंहकाली मावि मतदान केन्द्रका निर्वाचन अधिकृत नारायण तामाङले बताउनुभयो । उत्साहजनक रुपमा दोश्रो चरणको मतदान भईरहदा तिङलाका बासिन्दाहरुले भने चुनावमा भाग नै लिएनन् । नेचा सल्यान गाउपालिका अन्तरगत बडा नं ६ तिङलाले स्थानिय अपायक केन्द्रको विरोध गर्दै चुनावमा भाग नलिएका हुन ।

स्थानिय स्तरीय सिफारिस समिती मार्फत आयोगमा सिफारिस भएको निर्णय हेरफेर गरिएपछि आफुहरुलाई केन्द्र अपायक भएको भन्दै विगत ३ महिनादेखि आन्दोलनमा रहेका छन् । चरणबद्ध आन्दोलन गरि राज्यलाई दवाव दिएको भएपनि कुनै सुनुबाई नभएपछि बाध्य भएर चुनाव नै बहिष्कार गर्नुपरेको तिङलाका अगुवा दत्तसिहं कार्की बताउनुहुन्छ ।

साविकको तिङला ९ सेतोमानेका जनताको मर्कालाई नहेरी हचुवाका भरमा केन्द्र तोकिएको भन्दै उनीहरुले स्वायत गाउपालिकाको माग गर्दे आएका छन । नेचा सल्यान गाउपालिका अन्तरगत ६ बटा बडाहरु कायम गरिएको सिङो तिङलालाई एउटा बडा बनाईएको छ । कतैबाट पनि आफुहरुमाथि न्याय नभएको भन्दै उनीहरुले आफ्ना वडाबाट उम्मेद्धार समेत उठाएनन् । निर्वाचन गराउन सवै व्यबस्था गरिए पनि मतदाता परिचयपत्र बुझ्न र भोट हाल्न एकै जना पनि आएनन् सिहंकाली मावि मतदान केन्द्रका अधिकृत  नारायण तामाङले भन्नुभयो ।

सोलुखुम्बुको तिङलाले राजनीतिक ईतिहास बोकेको छ । नेपाली कांग्रेसको अन्तिम शसस्त्र क्रान्तिका बेला टिम्बरबोटेमा ६ जना र माओबादी शसस्त्र विद्रोहका बेला ४ जना गरि तिङलाका १० जनाले साहदत प्राप्त गरेको ईतिहास साक्षी छ । निकै राजनीतिक उथलपुथलका बीच पनि यसरी चुनाव नै बहिष्कार गर्नुलाई धेरैले आश्चर्यको विषय ठानेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार