दलका नेताहरुद्वारा मतदान

काठमाडौः स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जिल्लाका विभिन्न मतदान केन्द्रमा दलका नेताहरुले आज मतदान गरेका छन् । प्रधानमन्त्री शसेरबहादुर देउवाले डडेल्धुराको गन्यापुरा गाउँपालिका १ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी हुन पुग्नुभएका सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बाल उदय माविमा मतदान गर्नुभएको छ ।  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महराले जन्मथलो रोल्पा नगरपालिका १ को बिबामरुकस्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ईलाम नगरपालिका ७ स्थित बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तुलसीपुर उपमहानगरपालिका– १६ स्थित मानपुर केन्द्रबाट मतदान गर्नुभयो । दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा विभिन्न जिल्लाबाट राजनीतिक दलका नेताहरुले बतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार