सगरमाथा क्षेत्रमा ७० प्रतिशत मत खस्यो ।

टुरिजमन्युज, १४ असार । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउपालिकामा ७०.६४ प्रतिशत मत बसेको छ । सो गाउपालिका अन्तरगत रहेका १० बटा मतदान केन्द्रमा ३ हजार १ सय ४५ जना मतदाताले मतदान गरेको विबरण प्राप्त भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो । मतदाता संख्या ४ हजार ४ सय ४९ रहेपनि करिव १३ सय जना मतदाता अनुपस्थित रहेको तथ्याकंले देखाउछ ।

खुम्बुपासाङ ल्हमु गाउपालिकाको खरिखोला मावि केन्द्रमा ५ सय ४० जना मतदाताले मतदान गरेका छन । सो केन्द्रमा ७ सय ४८ जना मतदाता रहेका थिए । यस्तै बुप्सा आधारभुत विद्यालय केन्द्रमा २ सय ९७, लुक्ला निमावि लुक्लामा ४ सय ४७, जनसेवा आधारभुत विद्यालय सानो गुमेला केन्द्रमा ४ सय २०, महेन्द्र ज्योती मावि चौरीखर्क केन्द्रमा २ सय ४, खुम्जुङ मावि खुम्जुङ केन्द्रमा ३ सय ८४, बौंद्ध आधारभुत विद्यालय खुम्जुङ केन्द्रमा ३ सय १९ जनाले मतदान गरेका छन् ।

खुम्बु पासाङ ल्हमु गाउपालिका अन्तरगत नै थामे आधारभुत विद्यालय थामे केन्द्रमा २ सय २, नाम्चे आधारभुत विद्यालय ठमो केन्द्रमा १ सय ४३ र हिमालय आधारभुत विद्यालय नाम्चे केन्द्रमा १ सय ८९ जना मतदान गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

सौंहार्द र शान्त बातारणमा उत्साहित भएर मतदाताहरुले निर्वाचनमा भाग लिएको पनि शर्माले बताउनुभयो । मतदान कार्य सकिएपछि मतपेटिका संकलनको काम शुरु भएको र भोली विहानसम्ममा मतपेटिकाहरु संकलन गरि मतगणना शुरु गरिने बताईएको छ । आजै साझसम्ममा माथिल्ला ५ बटा केन्द्रमा मतपेटिका ईलाका प्रहरी कार्यालयमा संकलन गर्ने र तल्लो क्षेत्रका मतपेटिकाहरु खरिखोलामा संकलन गरिने भएको छ ।

मौसम खुला भए हेलिकप्टरबाट नत्र  बोकेर नै मतपेटिकाहरु ल्याईने निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार