आयोग भन्छ – भोट नहाल्नु अधिकार ।

आयोग भन्छ - भोट नहाल्नु अधिकार ।

टुरिजमन्यु, १४ असार ।  निर्वाचन आयोगले सोलुखुम्बुको तिङ्लाका मतदाताले भोट नहाल्नु अधिकार भएको प्रतिक्रिया दिएको छ । दोस्रो चरणको चुनाव सकिएपछि बुधबार बेलुका केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले चुनावमा भोट नखसाल्नु पनि मतदाताको अधिकार भएको बताएको हो ।

सोलुखुम्बुको तिङ्लाका मतदाताले स्थानीय चुनावलाई पूर्ण रुपमा बहिस्कार गरेका छन् । तिङ्लामा फेरि मतदान हुन्छ भन्ने जिज्ञासमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भन्नुभयो, ‘मतदान अधिकृतसहितको टोली बिहान ७ बजेदेखि नै त्यहाँ पुगेको थियो । दिनभर मतदतालाई कुर्दा पनि कोही आउनुभएन । यो उहाँहरुको अधिकार हो ।’

स्थानीय तह पुनर्संरचना गर्दा विभेद भएको भन्दै नेचा सल्यान गाउपालिका वडा नम्बर ६ तिङ्लाका बासिन्दाले निर्वाचन बहिष्कार गरेका हुन् । त्यहाँ एक जनाले पनि कुनै पदमा उम्मेदवारी दिएका थिएनन् भने गाउँपालिको प्रमुख र उपप्रमुखलाई समेत कसैले मत नदिएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार