लिखुपिके गाउपालिकाको मतगणना आजैबाट शुरु ।

टुरिजमन्युज, १४ असार । सोलुखुम्बुको लिखुपिके गाउपालिकाको मतगणना आजैबाट शुरु हुने भएको छ । गाउपालिका अन्तरगत रहेका ७ बटै मतदान केन्द्रबाट मतपेटिका संकलन भईसकेकाले आजैबाट गणना शुरु गरिन लागेको निर्वाचन अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिनुभयो । लिखुपिके गाउपालिकामा ६९.३१ प्रतिशत मत खसेको छ । कुल मतदाता संख्या ४ हजार १ सय २२ मध्ये २ हजार ८ सय ५७ जनाले मतदान गरेका छन् ।

गोली निमावि गेप्चुका केन्द्रमा ३ सय ३९ जनाले मतदान गरेका छन् भने बुद्ध मावि गोली केन्द्रमा ६ सय ८, नमुना आधारभुत विद्यालय केन्द्रमा १ सय ६०, गाविस भवन चौलाखर्क केन्द्रमा ५ सय ६४, जनसेवा निमावि टुँडा केन्द्रमा ५ सय ८९, बुढाकिन्जा मावि केन्द्रमा १ सय ४५ र चन्द्रज्योती मावि भकाञ्जे केन्द्रमा ४ सय ५२ जनाले मतदान गरेका कम्युटर अपरेटर युवराज भुजेलले जानकारी दिनुभयो ।

अन्य गाउपालिकाको तुलनामा लिखुपिके गाउपालिकामा सवै भन्दा कम मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार