दुधकोशी गाउपालिकामा मतदान गर्ने महिला मतदाताको संख्या पुरुषको भन्दा बढी ।

टुरिजमन्युज, १५ असार । सोलुखुम्बुको दुधकोशी गाउपालिकामा मतदान गर्ने महिला मतदाताको संख्या पुरुषको भन्दा केही बढी देखिएको छ । राती अबरे गरी प्राप्त मतदान सम्बन्धी बिवरण अनुसार १५ बटा मतदान केन्द्रमा २ हजार ७ सय २३ जना महिला मतदाताले मतदान गरेका छन भने २ हजार ७ सय १८ जना पुरुष मतदाताले मतदान गरेको दुधकोशी गाउपालिकाका कार्यकारी अधिकृत अभि राईले जानकारी दिनुभयो ।

यो संख्या पुरुषको तुलनामा केही बढि हो । कुल मतदाता ७ हजार ६ सय ७२ मध्ये ५ हजार ४ सय ४० मत खसेको छ । सो गाउपालिकामा ७०.९१ प्रतिशत मत खसेको छ । राती अबरे गरी सम्पुर्ण मतदान केन्द्रका मतपेटिकाहरु संकलनको प्रयास गरिए पनि केही मतपेटिकाहरु संकलन हुन बाकी रहेको बताईएको छ ।

मत गणना आजबाट शुरु हुने पनि कार्यकारी अधिकृत राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार