हेलिकप्टरबाट मतपेटिका संकलन गर्न दलका प्रतिनिधी मानेनन्,

टुरिजमन्युज, १४ असार । सोलुखुम्बुको खुम्बु पासाङ ल्हमु गाउपालिकाको मतपेटिका आज दिनभरीमा संकलन गरिने भएको छ ।

दुरिका हिसावले निकै टाढा भएकाले हेलिकप्टर मार्फत मतपेटिकाहरु संकलन गर्ने प्रयास गरिएको भए पनि दलका प्रतिनिधीहरु नमानेपछि बोकाएर नै मतपेटिकाहरु ल्याउन लागिएको निर्वाचन अधिकृत हरि प्रसाद शर्माले जानकारी दिनुभयो ।

हेलिकप्टर मार्फत मतदान अधिकृत सहित मतपेटिका ल्याउने तयारी गरिएको थियो । प्रतिनिधी विनै मतपेटिका ल्याउन दलहरु मञ्जुर नभएपछि बोकाएर नै मतपेटिका ल्याउन लागिएको हो ।

साविकको नाम्चे र खुम्जुङ गाविस अन्तरगत रहेका ५ बटा मतदान केन्द्रका मतपेटिकाहरु आउन आज दिनभर नै लाग्ने अनुमान गरिएको छ । ति मतपेटिकाहरु हिजै संकलन गरि ईलाका प्रहरी चौंकी नाम्चेमा राखिएको थियो ।

तल्लो क्षेत्र खरिखोलाबाट पनि मतपेटिकाहरु ल्याउने काम भर्इरहेको निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार