जिल्ला कै पहिलो मतपरिणाम घोषणा, काग्रेसले खाता खोल्यो ।

टुरिजमन्युज, १५ असार । सोलुखुम्बुको लिखुपिके गाउपालिका वडा नं १ मा नेपाली काग्रेसका उम्मेद्धार ङवाङ ल्हाक्पा शेर्पा विजयी भएका छन ।

माओबादी केन्द्रका बडा अध्यक्षका उम्मेद्धार मिङमार तेण्डी शेर्पालाई २० मतले पछि पार्दै काग्रेसका शेर्पा विजयी भएका हुन । विजयी शेर्पाले १ सय १९ मत प्राप्त गरेका लिखुपिके गाउपालिकाका निर्वाचन अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिनुभयो ।

यस्तै महिला सदस्यमा नेपाली काग्रेसकै सोममाया श्रेष्ठ १ सय २२ मत ल्याएर विजयी भएका छन भने दलित महिला तर्फ शर्मिका शाहासंकर १ सय १२ का साथ विजयी बनेको छ । अन्य सदस्यहरु मिङमार गेल्जे शेर्पा १ सय १९ र १ सय १० मतका साथ लेण्डुप शेर्पा विजयी भएको कम्युटर अपरेटर युवराज भुजेलले जानकारी दिनुभयो ।

जिल्ला कै यो पहिलो मतपरिणाम हो । बाकी वडाहरुको मतगणना भईरहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार