चिली फाइनलमाः पोर्चुगल ट्राइबेकरमा ३–० ले पराजित


एजेन्सीः फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार रातीको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगललाई पराजित गरेको छ। निर्धारीत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा पेनाल्टि सुटआउट भएको थियो । पेनाल्टिमा चिली ३–० ले विजयी रह्यो ।
निकै प्रतिस्पर्धात्मक खेलको नियमित समयमा दुवै टोलीले केहि अवसरहरु पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयको अन्तिम मिनेटमा चिलीको आर्टुरो भिडाल र मार्टिन रोड्रिग्वेजको प्रहार लगातार क्रसबारमा लागेपछि खेल सुटआउटमा पुगेको थियो।

सुटआउटमा चिलीले आफ्नो पहिलो ३ प्रहार गोलमा परिणत गर्दा पोर्चुगलका तिनै प्रहार चिलीका गोलरक्षक एवं कप्तान क्लाउडियो ब्राभोले बचाएका थिए। चिलीका लागि क्रमश आर्टुरो भिडाल, चार्ल्स अराङ्गुइज र एलेक्सीस स्यान्चेजको प्रहार गोल भएको थियो ।
यता पोर्चुगलका लागि रिकार्डो करेज्मा र जोआओ मोउटिन्होको प्रहार गोलरक्षक ब्राभोले दायाँतिर डाइभ हान्दै बचाए भने नानीको निर्णायक प्रहार बाँया पट्टि बचाउ गरेका थिए। प्रतियोगिताको पहिलो २ खेलमा विश्राम पाएका ब्राभो खेलको म्यान अफ द म्याच भए ।
फाइनलमा चिलीले बिहिबार हुने जर्मनी र मेक्सिको बिचको सेमिफाइनलको विजेतासँग उपाधिको लागि खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार