विवाह गर्दै मेस्सी

एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले अर्जे्न्टिनास्थित रोजरिओ सहरमा आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग विवाह गर्दैछन्। एउटै सहरमा हुर्केका मेस्सी र रोक्क्कुज्जो बीच ५ वर्षको उमेरदेखि चिनजान रहेको थियो।
दुवैजना लामो समयदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलोनै फर्किएका हुन्। मेस्सी र रोक्कुज्जोका दुइ सन्तान छन्। थियागो ४ वर्षका छन् भने दोश्रो सन्तान माटेयो १ वर्ष पुगेका छन्। शुक्रबार हुने विवाह कार्यक्रममा मेस्सीले बार्सिलोनाका सम्पूर्ण खेलाडीलाई बोलाएका छन्।

लुइस सुआरेज र नेयमार बिवाहको अघिल्लो दिननै अर्जे्न्टिना पुग्ने कार्यक्रम रहेको छ भने पुर्व खेलाडी जाभी र फाब्रिगास पनि विवाहमा सरिक हुनेछन्। स्पेनिस मिडियाका अनुसार पुर्वप्रशिक्षक लुइस एन्रिकेलाई भने मेस्सीले निम्तो पठाएका छैनन्।

यसैगरि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके उनकी श्रीमती शाकिरा र मेस्सीको प्रेमिका रोक्कुज्जोबिचको चिसो सम्बन्धका कारण विवाहमा सहभागी नहुने भएका छन्। आन्द्रेस इनिएस्टा पनि विशेष कारणले उपस्थित नहुने जानकारी प्राप्त भएको छ।

विवाहमा करिब २ सय भन्दा बढी सेक्युरिटी गार्ड परिचालन गरिनेछ भने समर्थकहरुको लागि विवाह कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न विवाह स्थल बाहिर ठुलो स्क्रिन खडा गरिएको छ। रोजारियोमा हिंसात्मक गतिविधि बढ्दै गएकाले प्रहरीले पनि केहि दिनयता सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार