लिखुपिके गाउपालिकाको अध्यक्षमा बस्नेत विजयी ।

टुरिजमन्युज, १५ असार । सोलुखुम्बुको लिखुपिके गाउपालिकाको अध्यक्ष पदमा माओबादी केन्द्रका डम्बर बहादुर बस्नेत विजयी भएका छन । भखरै सम्पन मतपरिणाम अनुसार बस्नेतले १ हजार १ सय ३६ मत प्राप्त गरी विजयी बन्नुभएको हो ।

 

बहाका प्रतिद्धन्द्धी नेपाली काग्रेसका राम बहादुर बस्नेतले ७ सय ६० मत र नेकपा एमालेका पोष्ट बहादुर बस्नेतले ५ सय १९ मत प्राप्त गरेका निर्वाचन अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिनुभयो । यस्तै माओबादी केन्द्रका प्रमिला बस्नेत उपाध्यक्ष पदमा विजयी बन्नुभएको छ । बहाले १ हजार ४२ मत प्राप्त गर्नुभएको छ ।

लिखुपिके गाउपालिका अन्तरगत रहेका ५ बटा वडा मध्ये १ र ५ नं बडामा काग्रेस विजयी भएको छ । यस्तै २ र ३ नं बडामा माओबादी केन्द्रका उम्मेद्धार वडा अध्यक्ष पदमा विजयी भएको छ भने २ मतको अन्तरले ३ नम्बर वडामा एमाले विजयी भएको छ । सो वडामा एमालले २ सय ११ मत प्राप्त गरेको थियो भने नेपाली काग्रेसले २ सय ९ मत प्राप्त गरेको निर्वाचन अधिकारी वाग्लेले जानकारी दिनुभयो ।

खुम्बुपासाङल्हमु लगायतका केही गाउपालिकाको मतगणना शुरु नहुदै लिखुपिकेको मतपरिणाम सार्वजानिक भएको छ । लिखुपिके गाउपालिकामा वियजी बन्दै माओबादीले पुर्वाञ्चलमा नै पहिलो खाता खोलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार