सोलुखुम्बुको स्थानिय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी ।

टुरिजमन्युज, १६ असार । सोलुखुम्बुको विभिन्न स्थानिय तहको नतिजा आउने क्रम जारी रहेको छ । हालसम्मको नतिजा अनुसार लिखुपिके गाउपालिकाको मतपरिणाम सार्वजानिक भईसकेको छ भने पर्यटकीय क्षेत्र खुम्बु पासाङ ल्हमु गाउपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका निम दोर्जी शेर्पाको प्यानल नै विजयी भएको छ ।

सो गाउपालिकाको प्रमुख पदमा पनि एमालेले नै अग्रता लिएको छ । नेकपा एमालेका प्रमुख उपप्रमुख पदमा क्रमश ४१२ र ४२४ मत प्राप्त भएको छ भने नेपाली काग्रेसका प्रमुख उपप्रमुखले ३७२ र २५७ मत प्राप्त गरेका छन । यस्तै नेकपा माओबादी केन्द्रले उपप्रमुखमा १२१ मत प्राप्त गरेको निर्वाचन अधिकारी हरीप्रसाद शर्माले जानकारी दिनुभयो ।

खुम्बुपासाङ ल्हमु गाउपालिकामा ७० प्रतिशत मत खसेको छ । हिजो अबेर गरी मतगणना शुरु भएकाले भोलीसम्ममा परिणाम आईसक्ने आकंलन गरिएको छ ।

यस्तै दुधकोशी गाउपालिकामा पनि नेकपा एमालेले भारी मतका साथ  अग्रता लिएको छ । उसलाई नेकपा माओबादी केन्द्रले पच्याईरहेको छ । नेकपा एमालेले प्रमुख उपप्रमुख पदका क्रम १५२७ र १५२४ मत प्राप्त गरेको छ भने नेपाली काग्रेसका प्रमुख उपप्रमुखमा ८९० र ९६६ रहेको छ । यस्तै माओबादी केन्द्रका प्रमुख उपप्रमुख पदमा ९१२ र ८५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सोलुखुम्बुकै महाकुलुङ गाउपालिकाको पछिल्लो मत परिणाम अनुसार अब ६ सय ४० मत गन्न बाकी रहेको छ । त्यहा पनि नेकपा एमालेले नै अग्रता लिएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेले १२४८ मत प्राप्त गरेको छ भने नेपाली काग्रेस ११७६ र नेकपा माओबादी केन्द्रले ११३९ मत प्राप्त गरेको छ । सो गाउपालिकाका वडाहरुमा भने मिश्रित परिणाम आएका छन् । वडा नम्बर १  र ४ मा माओबादीका प्यानल नै विजयी भएका छन् भने वडा नम्बर २ मा एमालेको प्यानल नै विजयी भएको छ । यस्तै वडा नम्बर ५ मा काग्रेसको प्यानल नै विजयी बनेको छ ।

कोशिपारीका गाउपालिकाहरु मध्ये सोताङ गाउपालिकामा काग्रेसले अग्रता कायमै राखेको छ । उसले ताजा मतपरिणाम अनुसार ६२५ मत प्राप्त गरेको छ भने नेकपा एमाललेले ४८३ स्वतन्त्र उम्मेद्धारले ३९७ र माओबादी केन्द्रले २५३ मत प्राप्त गरेको छ । सो गाउपालिकामा वडा नम्बर १ मा काग्रेसको प्यानल विजयी बनेको छ भने वडा नम्बर २ मा माओबादी एमालेको संयुत्त प्यानल विजयी भएको छ । यस्तै वडा नम्बर ३ मा एमालेले र कांग्रेसको प्यानल विजयी बनेको छ ।

उता नेचा सल्यान गाउपालिकामा काग्रेसले अग्रता कायमै राखेको छ । उसले प्रमुख उप्रमुख पदमा क्रमश ६९७ र ६०६ मत प्राप्त गरेको छ भने नेकपा माओबादी केन्द्रले प्रमुख उपप्रमुखमा ४०० र ३४४ मत प्राप्त गरेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ३१५ र २७० मत प्राप्त गरेको छ ।

जिल्लाकै एक मात्र सोलुदुधकण्ड नगरपालिकामा भने मेयर पदमा काग्रेसको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार उसले १०५५ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ८३१ र नेकपा माओबादी केन्द्रे ४७५मत प्राप्त गरेको छ । यस्तै उपमेयरमा भने एमालेले अग्रता लिएको छ । उसले १००० मत प्राप्त गर्दा काग्रेस ९०३ र माओबादी केन्द्रले ५६३ मत प्राप्त गरेको अधिकारीले बताएका छन ।

सोलुखदुधकुण्ड नगरपालिका अन्तरगत वडा नम्बर १ र २ मा काग्रेस विजयी भएको छ भने वडा नम्बर १० मा नेकपा एमालेका उम्मेद्धार विजयी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार