जिदानका छोरा इन्जोले छाडे रियल


एजेन्सीः रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानका जेठा छोरा इन्जो जिदानले रियल म्याड्रिड छाडेर ला लिगको अर्को क्लबसँग आबद्ध भएका छन् ।
२२ वर्षीय मिडफिल्डर इन्जोले बिहिबार डीपोर्टीभो अलाभेससँग तीन वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । रियल म्याड्रिडको दोस्रो टोली कास्टिलासँग ७८ खेल खेलेका इन्जोले ७ गोल गर्दै १५ गोलका लागि पास मिलाएका थिए । कोपा डेल रेमा रियलबाट तेस्रो डिभिजनको क्लब कल्टुरल लियोनेसासँगको डेब्युमा गोल गरेपछि इन्जोले रियलको पहिलो टोलीसँग अन्य खेल खेल्ने अवसर पाएनन् ।
“डीपोर्टीभो अलाभेस इन्जोलाई क्लबमा स्वागत गर्दै आउने सिजनकालागि उनलाई शुभकामना दिन चाहान्छ “, क्लबको आधिकारिक वेबसाइटमा लेखिएको थियो । अलाभेस अघिल्लो सिजन ला लिगामा नवौ स्थानमा रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार