पोखरामा १ साउनदेखि हर्न निषेध ।

टुरिजमन्युज १६ असार । कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा १ साउनदेखि हर्न निषेधित क्षेत्र हुने भएको छ ।

 

महानगरपालिकाका मेयर मानबहादुर जिसीले पत्रकार सम्मेलनमार्फत महानगरपालिकालाई हर्न निषेधित क्षेत्र  बनाउन लागिएको जानकारी गराउनुभएको हो ।

महानगरलाई ध्वनी प्रदुषणबाट मुक्त गर्न, हेर्न निषेध गर्न लागिएको भन्दै मेयर जिसीले यसमा साथ दिन सबैसँग आग्रह समेत गर्नुभएको छ ।

महानगरलाई सुन्दर बनाउन विद्युत्, टेलिफोन, इन्टरनेट र केबुलका पोल तथा तारलाई पनि व्यवस्थित गरिने बहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार