सोलुदुधकुण्ड नगरपालिकाको मत गणना अन्तिम चरणमा ।

टुरिजमन्युज १७ असार । सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका भित्रका १० वडामध्ये ८ वटाको परिणाम सार्वजानिक भईसकेको छ भने अहिले वडा नम्बर ५ को मत गणना भईरहेको छ ।

अब वडा नम्बर ६ को मत गणना गर्न बाकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हालसम्म नेपाली काग्रेसले नगरपालिकाको वडा नम्बर १ टाक्सिन्दु, वडा नम्बर २ बेनी, बडा नम्बर ४ फाप्लु र वडा नम्बर ९ टाप्टिङमा जित हासिल गरेको छ ।

यस्तै नगरपालिकाको वडा नम्बर १० गोराखानी, बडा नम्बर ८ केरुङ, वडा नम्बर ७ गार्मा र वडा नम्बर ३ तामाखानीमा नेकपा एमाले विजयी बनेको छ । मेयरमा कांग्रेसको अग्रता कायमै रहेको छ भने उपमेयरमा नेकपा एमालेले अग्रता लिएको छ ।

यस्तै नेचा सल्यान गाउपालिकामा वडा नम्बर ४ को मत गणना भईरहेको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली काग्रेसले १४०५ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १३५७ मत प्राप्त गरेको छ । यस्तै नेकपा माओबादी केन्द्रले ९०० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेचा सल्यान गाउपालिकाको वडा नम्बर १ र २ मा काग्रेस विजयी भएको छ भने ३ मा नेकपा एमाले विजयी बनेको छ ।

अव ५ वडाको मत गणना बाँकी रहेको छ । नेचासल्यान गाउपालिका र दुधकौंशीका गाउपालिकामामा सवै भन्दा बढी मतदाता रहेका छन् ।

खुम्बु पासाङ ल्हमु गाउपालिका अन्तरगत हालसम्म सार्वजानिक भएको वडाको नतिजामा नेकपा एमाले विजयी भएको छ । १, २, ३ र ४ मा नेकपा एमाले विजयी भएको हो । हालसम्मको मतपरिणाम अनुसार प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेले अग्रता लिएको छ ।

यस्तै दुधकौसिका गाउपालिकाको प्रमुख र उपप्रमुखमा माओबादीले अग्रता कायमै राखेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार