नगरपालिकाको मेयरमा शेर्पा विजयी, दुधकौशिका गाउपालिकाको परिणाम आउन बाकी ।

टुरिजमन्युज १८ असार । सोलुखुम्बुको एक मात्र सोलुदुधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नाम्गेल जाङबु शेर्पा विजयी भएका छन् । नेकपा एमालेका प्रतिद्धन्द्धी आङ इगेले झलक शेर्पालाई १५० मतले पछि पार्दै शेर्पा मेयरमा विजयी भएका हुन । उपमेयरमा भने नेकपा एमालेका कल्पना राईले बाजी मारेका छन् ।

कांग्रेसका उम्मेद्धार छिण्डी ल्हमु शेर्पालाई ४३ मतले पछि पार्दै राईले जित निश्चित गरेकी हुन । मेयरका नाम्गेल जाङबु शेर्पाले २७५१ मत प्राप्त गरेका छन् भने उपमेयर कल्पना राईले २७६० मत प्राप्त गरेको छ । नेकपा माओबादी केन्द्रका मेयर पदका उम्मेद्धार निमा तेण्डुप शेर्पाले १५३७ मत प्राप्त गरेको छ ।

नगरपालिकाको वडा नम्बर १, २, ४ र ९ मा कांग्रेसले विजय प्राप्त गरेको छ भने नेकपा एमाले ३, ५, ६, ७, ८, र १० वडामा विजयी बनेको छ ।

सवैभन्दा बढी मतदाता रहेका सोलुखुम्बुको नगरपालिका सहित नेचा सल्यान र दुधकौशिका गाउपालिका मध्ये दुईको परिणाम अबेर गरि सकिएको हो । नगरपालिकामा ११८१४ मतदाता रहेपनि ७८४६ मत खसे थियो ।

यस्तै नेचा सल्यान गाउपालिकाको प्रमुखमा नेकपा एमालेका डुफ कुमार बास्तोला विजयी भएका छन् । नेपाली काग्रेसका प्रतिद्धन्द्धी धनजन राईलाई पराजित गर्दै बास्तोला प्रमुख पदका विजयी भएका हुन । यस्तै उपप्रमुखमा नेपाली काग्रेसका कुमारी देवी शर्मा विजयी बन्नुभएको छ । सोलुखुम्बुको नगरपालिका सहित ८ स्थानिय तहमध्ये अब दुधकौंशिका गाउपालिकाको नतिजा सार्वजानिक हुन बाकी रहेको छ ।

आज अबेर गरी दुधकौशिका गाउपालिकाको पनि नतिजा आईसक्ने निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सोलुखुम्बुको खुम्बुपासाङ ल्हमु गाउपालिकाको ५ वटै बडा सहित प्रमुख र उपप्रमुखमा नेकपा एमालेको टिम विजयी भएको छ भने दुधकोशी गाउपालिकामा नेकपा एमालेका बुद्धिकिरण राई र जुनिता मगर प्रमुख र उपप्रमुखमा विजयी भएको छ ।

यस्तै सोताङ गाउपालिकामा नेकपा एमालेका विर बहादुर राई र लक्ष्मी बस्नेत विजयी हुनुभएको छ । उता महाकुलुङ गाउपालिकामा नेकपा माओबादी केन्द्रका सागर किराती र उपप्रमुखमा नेपाली काग्रेसका विपना कुलुङ विजयी भएका छन ।

लिखुपिके गाउपालिकामा नेकपा माओबादी केन्द्रका डम्बर बहादुर बस्नेत प्रमुख पदमा विजयी भएको छ भने प्रमिला बस्नेत उपप्रमुखमा विजयी भएकी छिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार